बैंकिङ खबर/ अब ५ किलोमिटिर वरिपरि बैंक तथा वित्तीय संस्थाको पहुँच भएको अवस्थामा मात्रै शाखारहित बैंकिङ्ग सेवा बन्द गरिने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन तथा परिमार्जन गर्दै बन्द गरिने शाखारहित बैंकिङ्ग सेवाको ५ किलोमिटर क्षेत्रमा बैंकको पहुँच हुनुपर्ने व्यवस्था गरेको हो ।
‘शाखारहित बैंकिङ्ग सेवा बन्द गर्न प्रस्ताव गरिएको क्षेत्रमा करिब ५ किमि वरिपरि क, ख तथा ग वर्गका बैंक तथा वित्तीय संस्था वा अन्य शाखारहित बैंकिङ्ग सेवा सञ्चालन भई वित्तीय पहुँचको वैकल्पिक व्यवस्था भएको हुनुपर्नेछ,’ राष्ट्र बैंकले एकीकृत निर्देशनमा उल्लेख गरेको छ ।
राष्ट्र बैंकका अनुसार संस्थाले व्यावसायिक निरन्तरता तथा वृद्धिसम्बन्धी कम्तीमा ३ वर्षको रणनीतिक योजना तयार गर्नुपर्ने छ । यस्तो रणनीतिक योजनाको कार्यान्वयनका लागि समयसीमा, जिम्मेवार विभाग÷इकाई÷कर्मचारी आदि तोकी विस्तृत कार्ययोजना तर्जुमा गर्नुपर्ने छ ।