Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वाणिज्य बैंकहरूको आधारदर ३ वर्ष यताकै सस्तो

२०८१ फाल्गुन १९ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको आधार दर घटेर कर्जा सस्तो बनेको छ । फागुन महिनामा बैंकहरुको आधार दर ०.१९ प्रतिशतले घटेर औसत ६.६१ प्रतिशतमा झरेको छ । ाणिज्य बैंकहरूको आधार दर (बेसरेट) ३ वर्ष यताकै सस्तो छ । बैंकहरूले २०८० कात्तिक यता लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदा लागत घट्न गई बेसरेट एकदमै तल्लो विन्दुमा आएको हो । बेसरेट घटेपछि कर्जाको ब्याजदर पनि घट्न पुगेको छ।

बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अत्यधिक भएपछि बैंकहरूले निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका छन्, जसका कारण आधार दर पनि घट्दै गएको हो । आधार दर घट्दा कर्जाको ब्याजदरमा पनि कमी आउने कारण बैंकहरूले प्रतिस्पर्धात्मक ब्याजदरमा कर्जा प्रवाह गर्न तयार देखिएका छन् ।

वाणिज्य बैंकहरूले फागुनका लागि सार्वजनिक गरेको बेसरेट अनुसार औसत बेसरेट ६.६३ प्रतिशतमा झरेको छ। यो २०७८ माघ यताकै सस्तो हो । पछिल्लो १ वर्षमा मात्रै बैंकहरूको बेसरेट २.१५ प्रतिशत बिन्दुले घटेको छ। गत फागुनमा औसतमा ८.७७ प्रतिशत रहेको बैंकहरूको बेसरेट चालु आवको सोही अवधिमा घटेर ६.६३ प्रतिशतमा आएको हो।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ बैंकको बेसरेट मात्रै बेसरेट ७ प्रतिशत माथि छ । १४ वाणिज्य बैंकको बेसरेट ७ प्रतिशतभन्दा कम छ । जसमा ६ बैंकको बेसरेट औसत भन्दा पनि कम रहेको छ। ३ बैंकको बेसरेट ६ प्रतिशतभन्दा पनि कम छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर हाल ५.११ प्रतिशत रहेको छ। विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा सस्तोमा ऋण दिन सक्ने सामाथ्य राख्दछ । यस बैंकको बेसरेट ५.११ प्रतिशत छ। यो हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा सस्तो हो ।

त्ससैगरी , राष्ट्रिय वाणिज्य बैंकको ५.४४ प्रतिशत र एभरेस्ट बैंकको ५.६३ प्रतिशत कायम भएको छ। त्यस्तै, नेपाल बैंकको ६.१२ प्रतिशत, नबिल बैंकको ६.१७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंको ६.४१ प्रतिशत, कृषि विकास बैंकको ६.६३ प्रतिशत, एनएमबि बेंकको ६.७३ प्रतिशत, ग्लोबल आइएमई बैंकको ६.७४ प्रतिशत, सानिमा बैंकको ६.७६ प्रतिशत, हिमालयन बैंकको ६.८५ प्रतिशत, सिद्धार्थ बैंकको ६.९ प्रतिशत र माछापुछ्रे बैंकको ६.९ प्रतिशत रहेको छ।