Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वाणिज्य बैंकहरूले लिन चाहेनन् धितोपत्र बोर्डको निक्षेप

२०८१ फाल्गुन १९ गते

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले दोस्रो पटक निक्षेप लिन वाणिज्य बैंकहरूमा आवेदन माग गरेको छ। बोर्डले आफूसँग रहेको लगानीयोग्य रकम नेपाल धितोपत्र बोर्ड लगानीसम्बन्धी नीति २०७६ बमोजिम वाणिज्य बैंकहरूको निक्षेपमा लगानी गर्न चाहेको थियो।

यसका लागि फागुन ८ गते आवेदन माग गर्दै सूचना जारी गरे पनि पर्याप्त आवेदन नपरेको भन्दै पुन: दोस्रो पटक निक्षेप लिनका लागि आवेदन माग गरेको हो। बोर्डले २० गतेसम्म इच्छुक बैंकहरूले आवेदन दिन पाउने उल्लेख गरेको छ। इच्छुक बैंकहरूले आफूले दिनसक्ने एक वर्षे ब्याजदरसहित निक्षेप लिनका लागि बोर्डमा आवेदन दिनुपर्नेछ।