Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

२०८१ फाल्गुन ११ गते

बैंकिङ खबर/सांग्रिला डेभलपमेन्ट बैंक इटहरी शाखा कार्यालयमा विभिन्न पदमा कर्मचारीको माग गरेको छ। बैंकमा अफिसर, जुनियर अफिसर, एसिस्टेन्स, सिनियस एसिस्टेन्स र सुपरभाइजरको लागि रोजगारीको अवसर खुलेको छ।

अफिसर, जुनियर अफिसरमा आवेदन दिने इच्छुकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने बैंकको भनाइ छ। बैंकिङ क्षेत्रमा काम गरेको ५ वर्षको अनुभव हुनुपर्ने छ।

एसिस्टेन्स, सिनियस एसिस्टेन्स र सुपरभाइजर पदमा आवेदन दिने इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने बैंकिङ क्षेत्रमा काम गरेको ३ वर्षको अनुभव हुनु पर्ने छ। आवेदन दिने इच्छुकले फागुन २३ गतेसम्म आवेदन दि सक्नुपर्ने छ ।