Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर दास प्रधानमन्त्री मोदीको दोस्रो मुख्य सचिव नियुक्त

२०८१ फाल्गुन ११ गते

बैंकिङ खबर/ भारतीय रिजर्भ बैंक (आरबीआई) का पूर्वगभर्नर शक्तिकान्त दासलाई शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो मुख्य सचिव नियुक्त गरिएको छ।

समाचार एजेन्सी एएनआई र पीटीआईका अनुसार तमिलनाडु क्याडरका सेवानिवृत्त आईएएस अधिकारी दासको कार्यकाल प्रधानमन्त्रीको कार्यकाल वा अर्को आदेश नभएसम्मको लागि हुनेछ।

शक्तिकान्त दास आरबीआईका गभर्नर र १५ औं वित्त आयोगका सदस्य भइसकेका छन्। गुजरात क्याडरका सेवानिवृत्त आईएएस अधिकारी पीके मिश्रा हाल प्रधानमन्त्री मोदीका मुख्य सचिवका रूपमा कार्यरत छन्।