Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अर्धवार्षिक बजेट समीक्षा : कुल विनियोजनमध्ये १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने(पूर्णपाठ)

२०८१ माघ २४ गते

बैंकिङ खबर/सरकारले चालू आर्थिक वर्षको बजेटको संशोधित अनुमान गरेको छ। कुल विनियोजनमा अर्थमन्त्री विष्णु पौडेलले ९ प्रतिशत घटाएर कार्यान्वयन पूरा गर्ने लक्ष्य राखेका हुन्। चालू आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० बजेट विनियोजन गरेको थियो। यसमध्ये अर्धवार्षिक समीक्षामा १६ खर्ब ९२ अर्ब रुपैयाँ मात्र खर्च हुने अनुमान गरिएको हो।

अर्थमन्त्री पौडेलले बजेट विनियोजनको ९०.९९ प्रतिशत खर्च हुने जानकारी दिए। यसअनुसार चालूतर्फ १० खर्ब २९ अर्ब अर्थात् ९०.२४ प्रतिशत, पुँजीगततर्फ २ खर्ब २९ अर्ब अर्थात् ८५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६३ अर्ब अर्थात् विनियोजनको ९९ प्रतिशत खर्च हुने अनुमान छ।

चालू आर्थिक वर्षको अन्त्यसम्म १२ खर्ब ८६ अर्ब ९८ करोड आन्तरिक ऋण ३ खर्ब ३० अर्ब र वैदेशिक अनुदान ३६ अर्ब तथा वैदेशिक ऋण १ खर्ब ८० अर्ब खर्च हुने संशोधित अनुमान गरिएको छ। वार्षिक लक्ष्यको तुलनामा ९१ प्रतिशत प्रगति हासिल गर्ने अर्थमन्त्रीको दाबी छ।