
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईमा ७ हजार बढी उजुरी परेको छ । विगत पाँच वर्षमा ७ हजार ६२८ वटा उजुरी दिएका छन् । उजुरीमध्ये ८२ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाको छ । ९ प्रतिशत भन्दा बढी रेमिट्यान्स कम्पनीको छ । पाँच प्रतिशत भन्दा बढी हिस्सा विकास बैंकको छ ।
विगत पाँच वर्षमा वाणिज्य बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ६ हजार २७७ वटा उजुरी गरेका छन् । रेमिट्यान्स कम्पनीले ७२५ वटा, विकास बैंकले ४३४, बीमा कम्पनीले ४९, सेक्युरिटी कम्पनीले ४५, फाइनान्स कम्पनीले ४३, सहकारीले ८, र लघुवित्तले ४७ उजुरी गरेका छन् । साथै नेपाल राष्ट्रको विदेशी मुद्रा सटही व्यवस्थापन विभागले २ र भूमि व्यवस्थापन कार्यालयले ११ वटा उजुरी गरेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा ७८९ वटा उजुरी प्राप्त भएका छन् । जसमध्ये वित्तीय जानकारी इकाईबाट ३४, विभागको आफनै स्रोतबाट १२, व्यक्तिगत उजुरी ७३२ र अन्य निकायबाट प्राप्त ११ वटा छन् ।



