Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि

२०८१ माघ २० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भएको जनाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको तथ्यांकमा आधारित रिपोर्टमा २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि भई पुस मसान्तमा रु.२३१६ अर्ब ८४ करोड पुगेको उल्लेख छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको रिपोर्टमा उल्लेख छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति मात्र असार मसान्तमा रु.१८४८ अर्ब ५५ करोड रहेको थियो । तर, पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई रु.२०७२ अर्ब ३४ करोड पुगेको उल्लेख छ ।