Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

के हो बैंक ग्यारेन्टी के हो ? नेपालमा प्रचलित बैंक ग्यारेन्टी

२०८१ माघ ३ गते

बैंकिङ खबर/ सहकारी मुद्दामा मुछिएका रवि लामिछानेलाई छुटाउन बुधबार प्रभु बैंक ग्यारेन्टी बसेको छ । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा छोड्न आदेश गरेपछि प्रभु बैंक ग्यारेन्टी बसेको हो । प्रभु बैंकको ग्यारेन्टीसँगै लामिछाने हिरासतबाट छुटेका हुन् ।

बैंकले काठमाडौं जिल्ला अदालतलाई रकम भुक्तानीको ग्यारेन्टी गरिदिएको हुन्छ ।

बैंकले अदालतलाई धरौटी रकम तिर्ने गर्छ । तर, बैंकले सोबापत् निश्चित कमिसनले लिने अभ्यास पनि छ । कमिसनको विषय भने लिखित रुपमा खुलाउँदैनन् । कतिपयलाई त्यसलाई ऋणमा रुपान्तरण गरेर ब्याज पनि लिने गरेका छन् ।

के हो प्रभु बैंक ग्यारेन्टी ?

बैंक जमानतलाई कारोबार बैंक तथा वित्तीय संस्थाको गैरकोषमा आधारित बैंकिङ कारोबार भन्ने बुझिन्छ । यो दुई वा सोभन्दा बढी पक्षहरुबीच बैंक तथा वित्तीय संस्थाको मध्यस्थतामा लेनदेनमा भएको प्रतिबद्धता हो ।

बैंकले आफ्नो ग्राहकको पक्षबाट अर्को पक्षलाई भुक्तानीको सुनिश्चितता उपलब्ध गराउँछ । यस्तो सुनिश्चितता निर्धारित समय तोकेको हुन्छ । बैंकले आफ्नो ग्राहकको पक्षबाट अर्को पक्षलाई जमानत पत्र उपलब्ध गराउँछ । जसमा भविष्यमा सम्बन्धित पक्ष भुक्तानीमा असफल भएमा भएमा बैंकले भुक्तानी प्रदान गर्ने सुनिश्चितता प्रदान गर्दछ ।

यस्तो जमानत पत्र अर्को पक्षले धिताको रुपमा राखेर कर्जा प्राप्त गर्न सक्दछ । दुई पक्षबीच हुने व्यापार र भुक्तानीको लेनदेनमा बैंकको मध्यस्थता र प्रतिबद्धता उपलब्ध गराउँछ । जसले गर्दा बस्तु तथा व्यापार प्रवद्र्धन दुई पक्षबीच व्यवसायिक कारोबार र व्यवसायको अल्पकालीन भुक्तानी सुनिश्चितता समेत निर्धारण गरिन्छ ।

यस्ता छन् नेपालमा प्रचलनमा रहेका बैंक जमानतहरु

१.भुक्तानीमा जमानत

खरिदकर्ताले बिक्रीकर्तासँग उद्यारोमा बस्तु तथा सेवा खरिद गर्ने, भविष्यमा भुक्तानी गर्नुपर्ने दायित्व उपर प्रदान गर्ने जमानत यस अन्तर्गत पर्दछन् ।

२.अग्रीम भुक्तानीमा जमानत

खरिद कर्ता र बिक्रीकर्ताबीच खरिद सम्झौता हुनुपर्ने वा मालसामान ढुवानी पूर्व नै गर्नुपर्ने अग्रीम भुक्तानी उपर प्रदान गर्ने यस अन्तर्गत पर्दछन् ।

३.सम्झौता कार्यान्यन जमानत

दुई पक्षबीच सम्झौता बमोजिम कार्यान्वयन हुने विश्वसनियताका लागि उपलब्ध गराउने सुरक्षण जमानत यस अन्तर्गत पर्दछन् ।

४.हेन्डर जमानत

बस्तु तथा सेवाको लिलामी बिक्री वा परियोजना निर्माणमा आवेदन चरणमा उपलब्ध गराउने सुरक्षण जमानत यस अन्तर्गत पर्दछन् ।

५.कर्जा चक्ता उपर जमानत

सम्बन्धित ऋणीले कर्जा चुक्ता गर्ने सुनिश्चितताका लागि अर्को वित्तीय संस्थाले उपलब्ध गराउने जमानत यस अन्तर्गत पर्दछन् ।

६.भन्सार विन्दुमा हुने जमानत

बस्तु आयत तथा निर्यात गर्दा भन्सार बिन्दुमा भन्सार अधिकारी समक्ष पेश गर्ने जमानत यस अन्तर्गत पर्दछन् ।

७.धरौटी जमात

ऋदालतको सुनुवाइ चरणमा धरौटीमा हुँदा अदालत समक्ष पेश गर्ने जमानत यस अन्तर्गत पर्दछन् ।