January 9th, 2025

अब क्रिप्टो र अनलाइन बेटिङमा संलग्नलाई सम्पत्ति शुद्धीकरण मुद्दा

बैंकिङ खबर/ नेपालमा अब क्रिप्टोकरेन्सी र अनलाइन बेटिङमा संलग्न व्यक्तिहरूलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्ने भएको छ । हालै राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले सम्पत्ति शुद्धीकरण कसुरमा क्रिप्टो, बेटिङ (सट्टेबाजी) सहित आधा दर्जन कसुर थप गरेको हो ।

सूचना अनुसार मानव तस्करी, हुन्डी, अभौतिक (भर्चुअल) मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र बिना अनुमति क्यासिनो सञ्चालन सम्बन्धी कसुर अब सम्पत्ति शुद्धीकरण अपराधमा आकर्षित हुनेछन् ।

नेपालमा क्रिप्टोकरेन्सी र अनलाइन बेटिङ पूर्ण प्रतिबन्धित छन् । तर, यी गतिविधिहरू अझै पनि अनधिकृत रूपले सञ्चालन भइरहेको पाइन्छ । क्रिप्टोकरेन्सीको प्रयोग वैदेशिक लगानी र अनलाइन कारोबारका लागि भइरहेको तथ्य बाहिरिए पनि यो सरकारी निगरानीभन्दा बाहिर छ ।

अवैध गतिविधिहरूबाट प्राप्त सम्पत्तिलाई कानुनी दायरामा ल्याउन सरकारले पछिल्लो निर्णय गरेको हो । साथै, सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ७ (२) अन्तर्गत नियामक निकायहरू तोक्ने निर्णय पनि गरिएको छ ।