मनास्लु विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १८% वोनस सेयर दिने भएको छ । गोरखामा प्रधान कार्यालय रहेको बैंकले आ.व. २०७२/०७३ को मुनाफावाट उक्त अनुपातमा बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको हो । कर प्रयोजनका लागि बैंकले ०.९५% नगद लाभांश पनि दिनेछ ।
गोरखा, तनहुँ र चितवन गरी ३ जिल्ला कार्यक्षेत्र रहेको यस बैंकले पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंक लिमिटेडसँग एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक समझदारी गरी मर्जरको प्रक्रियामा रहेको छ ।
बैंकले आ.व. २०७२/०७३ को असार मसान्त सम्म अघिल्लो वर्षको तुलनामा ५८% ले वृद्दि गरी रु २ अर्व १२ करोड निक्षेप संकलन गरेको थियो भने कर्जा लगानी तर्फ ४५%ले वृद्दि गरि रु १ अर्व ५९ करोड लगानी गरी रु ४ करोड ३४ लाख ६६ हजार १ सय २३ रुपैया खुद मुनाफा आर्जन गरेको थियो जुन अघिल्लो आ.व. को तुलनामा ७७%ले वढि हो । त्यसै गरि बैंकले चालु आ.व. को असोज मसान्त सम्ममा रु २ अर्व १८ करोड निक्षेप संकलन गरी रु १ अर्व ७१ करोड कर्जा लगानी गदैं २ करोड ८ लाख संचालन मुनाफा आर्जन गरेको छ । बैंकको हाल सम्म खराव कर्जा शून्य प्रतिशत रहेको छ । हाल बैंकको केन्द्रिय कार्यालय सहित ९ वटा शाखा र १ एक्स्टेन्शन काउन्टर संचालनमा रहेका छन्, भने गोरखाको मनकामना वजारमा नयाँ शाखा निर्माण कार्य भईरहेको छ ।


