बैंकिङ खबर/ अत्याधिक खराब कर्जाका कारण समस्याग्रस्त घोषित भएको कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप भुक्तानी रोकिएको छ । एक सूचना जारी गर्दै बैंकले पुस २६ गते (शुक्रबार) सम्मका लागि निक्षेप भुक्तानीको काम रोकिएको जानकारी गराएको छ ।
समस्याग्रस्त घोषणापछि बैंकको व्यवस्थापन जिम्मा लिएको राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले तरलता व्यवस्थापन तथा नियमित कार्य सञ्चालनको लागि काम भइरहेको र सो का लागि केही समय आवश्यक पर्ने भन्दै तत्कालका लागि निक्षेप भुक्तानीको काम शुक्रबारसम्म स्थगन गरिएको जनाएको छ ।
बैंकमा तरलता व्यवस्थापन भएपछि निक्षेप भुक्तानीको काम पुनः सुचारु हुने बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार हाल पहिलो चरणमा निक्षेप भुक्तानी गर्ने कार्यलाई पहिलो प्राथामिकतामा राखेर काम भइरहेको छ । हाल राष्ट्र बैंकले कर्जा असुली गर्ने कार्यलाई तिव्रता दिएको जनाएको छ ।