Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

टर्किको केन्द्रीय बैंकले नीति दरलाई ४७.५ प्रतिशतमा घटायो

२०८१ पुष १२ गते

बैंकिङ खबर/ टर्किको केन्द्रीय बैंकले आफ्नो बेन्चमार्क ब्याज दरलाई २५० आधार बिन्दुले घटाएर ४७.५ प्रतिशतमा पुर्याएको छ । महिनौंसम्म दरहरू स्थिर राखेपछि पहिलो पटक कटौती गरेको छ ।

यद्यपि बैंकले मासिक मुद्रास्फीतिको अन्तर्निहित प्रवृत्तिमा उल्लेखनीय र दिगो गिरावट नआएसम्म र मुद्रास्फीति अपेक्षाहरू प्रक्षेपण दायरामा परिणत नभएसम्म आफ्नो कडा मौद्रिक अडान कायम रहने बताएको छ । टर्कीले वर्षौंदेखि बढ्दो मुद्रास्फीतिसँग जुधिरहेको छ ।

सन् २०२३ को जुनदेखि यस वर्षको मार्चसम्म केन्द्रिय बैंकले मौद्रिक नीतिलाई कडा बनाउन आफ्नो प्रमुख ब्याजदर ८.५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याएको थियो । मार्चदेखि नै ब्याजदर यथावत राखेको थियो ।