२०७३ मंसिर २२ गते

रिलायबल डेभलपमेन्ट बैंकका सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर

reliableरिलायबल डेभलपमेन्ट बैंक लिमिेटडले आफ्ना सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले गतबर्षको मुनाफाबाट उक्त अनुपातमा बोनस दिने प्रस्ताव अघि सारेको हो । गत आर्थिक वर्षमा रिलायबलले २६ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । 

हाल रिलायबल डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरण गरे पछि बैंकको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्नेछ । यसबाहेक, बैंकको दशौँ साधारणसभाले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । तर, हकप्रद निष्काशन नगरी रिलायबलले ग्लोबल आईएमई बैंकसँग एक्विजिसनमा जाने सम्झौता गरिसकेको अवस्था छ ।