Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कर्णाली विकास बैंकः धमाधम पैसा निकाल्दै बचतकर्ता, वेवसाइटनै डाउन

२०८१ पुष ११ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले बैंकलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो ।

साथै उक्त संस्था सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन भएको छ ।

यसैबीच राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेसँगै यस बैंकबाट ग्राहकहरुले भकाभक पैसा निकाल्न थालेका छन् । पैसा निकाल्नेहरु बढेपछि अनलाइन बैंकिङ र मोबाइल बैंकिङमै समस्या देखिएको छ । बैंकले आफ्नो वेवसाइटसमेत नचल्ने बनाएको छ । बिहीबार बिहानैदेखि बैंकमा पैसा निकाल्नेहरुको लाइन लागेको छ ।