Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बिदाका दिनमा समेत अधिकांश बैंकका शाखा खुला, ग्राहकलाई निरन्तर सेवा

२०८१ पुष १० गते

बैंकिङ खबर/ क्रिसमस डेको अवसरमा सरकारले देशभर बिदा दिएको भए पनि अधिकांश बैंकहरूले आज केही शाखा खुला राखेर ग्राहकहरूलाई सेवा प्रदान गरेका छन्।

ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै बैंकहरूले विभिन्न स्थानमा शाखा खोलेका हुन्। यसले विशेषतः नगद जम्मा तथा निकासी, चेक क्लियरिङ र अन्य अत्यावश्यक बैंकिङ सेवा लिन चाहने ग्राहकहरूलाई सुविधा दिएको छ।

कुन-कुन शाखा खुलेका छन् भन्ने जानकारीका लागि ग्राहकहरूले आफ्नो बैंकको आधिकारिक वेबसाइट वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।