Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा कम

२०८१ पुष ३ गते

बैंकिङ खबर/ बैंकिङ्ग निक्षेप २ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको अनुसार मंसिर ३० गते बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको थियो ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संलकन गर्ने निक्षेप संकलन १ अर्ब अर्ब रुपैयाँले बढेको छ । मंसिर २९ गते ३६ खर्ब ५ अर्ब निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाले ३० गते ५९ खर्ब ३७ अर्ब संकलन गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह २ अर्ब रुपैयाँले बढेको छ । मंसिर २९ गते ५३ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ३० गते ५३ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाह भने स्थिर रहेको छ । अघिल्लो दिन ४७ खर्ब २२ अर्ब रुपैयाँ प्रवाह गरेका वाणिज्य बैंकहरुले मंसिर ३० गते पनि सोही रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्। केन्द्रीय बैंकका अनुसार सो समयमा बैंकहरुको औसत सिडी रेसियो ७८.७८ प्रतिशत रहेको छ। त्यस्तै, अन्तर बैंक ब्याजदर २ दशमलव ९९ प्रतिशत कायम भएको छ ।