बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले कारोबार नभएका बचत खाताको हकमा ३ वर्ष एवम् कल खाता र चल्ती खाताको हकमा १ वर्षभन्दा बढी समयवधि व्यतीत भएपछि त्यस्तो खाता निष्क्रिय गर्नुपर्ने व्यवस्था छ ।
यसरी खाता निष्क्रिय भएपश्चात खाता सक्रिय गर्नुपर्दा बैंक तथा वित्तीय संस्थाको ग्राहक पहिचानसम्बन्धी नीति बमोजिम सक्रिय गराउनपर्दछ । साथै अद्यावधिक भएको खाता सक्रिय गर्नुपदा सम्बन्धित ग्राहकले निवदेन बाहेक अन्य कागजात पेस गर्न आवश्यक पर्दैन ।
विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अधावधिक गरी÷गराई सोको पुष्टि गर्ने व्यवस्था गरी खातालाई सक्रिय गर्न सकिन्छ । निष्क्रिय खाता सक्रिय गराउँदा ग्राहकले कुनै शुल्क तिर्नुपर्दैन ।
यदि कुनै खातामा १० वर्षदेखि शून्य मौज्याद रही कारोबार भएको छैन भने बैंक तथा वित्तीय संस्थाले सार्वजनिक सूचना प्रकाशन गरी त्यस्ता खाता बन्द गर्न सक्दछन् ।