Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

२३.३७ प्रतिशत बोनस सेयर जारी गर्न काष्टमण्डपले पायो राष्ट्र बैंकको अनुमति 

२०७३ मंसिर १७ गते

kastamandapकाष्टमण्डप डेभलपमेन्ट बैंकले बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ । बैंकले २३.३७ प्रतिशत बोनस सेयर जारी गर्न विहीबार अनुमति पाएको हो । बोनस सेयरसँगै बैंकले कर प्रयोजनका लागि १.२३ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ । उक्त बोनस सेयर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । हाल काष्टमण्डपको चुक्तापुँजी ६७ करोड ९८ लाख रुपैयाँ छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी झन्डै ८४ करोड रुपैयाँ पुग्नेछ ।