Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भारतमा बैंकिङ समस्या चुलियो, नयाँ दिल्लीमा एटीएम रित्तिए 

२०७३ मंसिर १५ गते

bharata-03साधारण बचत खाताबाहेक अब जनधन खातामा पनि भारतीय रिजर्भ बैंक (आइबीआई)ले विशेष निगरानी राख्ने भएको छ । भारु पाँच सय र १ हजार दरका पूराना भारु नोट प्रतिबन्धले बैंकिङ समस्या चुलिन थालेपछि आरबीआईले आम नागरिकले आफ्नो खाताबाट निकाल्ने सबै पैसाको हिसाब समेत राख्ने भएको हो । 

bharat-02समाचार एजेन्सी पीटीआइका अनुसार, आइबीआईले जनताका खातामा जम्मा भएको रकम निकाल्ने सीमा तोकिदिएको छ । तोकिएको सीमा अनुसार कुनै पनि  खाताबाट हरेक महिना बढीमा १० हजार रुपैयाँ निकाल्न सकिनेछ । 

नोभेम्बर आठमा भारु हजार र पाँच सय दरका पुराना नोटमा प्रतिबन्ध लगाइएको तीन हप्ता वितिसकेको छ तर एटीएम र बैंकबाहिर मानिसहरुको लामो लाईन अझै पनि कम भएको छैन । 

bharata-04यसैबीच त्यहाँ डिसेम्बर सुरुबाट तलबको भुक्तानी र बैंकसम्बन्धी धेरै कामका लागि बैंकहरुमा बढीभन्दा बढी दबाब हुन सक्ने चर्चा पनि चलेको छ । राजधानी दिल्लीमा समेत कतिपय एटीएममा पैसा छैन, त्यसैले पनि ती एटीएम कि त खाली छाडिएका छन् कि त सटर झारिएका छन् । यस्तो अवस्थामा नगद राशीका लागि मानिसहरुसँग बैंक पुगेर पैसा निकाल्नुको अर्को विकल्प छैन । बैंकसँग नगदको समेत कमी भएकाले डिसेम्बरबाट बैंक जाने मानिसहरुले समेत दु:ख पाउने अनुमान गरिएको छ । (बीबीसी हिन्दी)