Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

यसरी तय गरिन्छ शेयर धितो कर्जाको सीमा ?

२०८१ आश्विन १ गते

बैंकिङ खबर/ शेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा पाइन्छ। अन्य धितोभन्दा शेयर निकै तरल सम्पत्ति हो। यसलाई जुनसुकै बेला पनि बेचेर कर्जा तिर्न सकिन्छ।

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाका लागि केही नियामकीय व्यवस्थाा गरेको छ। सोही व्यवस्थाबमोजिम बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा राखेर कर्जा दिने गरेका छन्।

धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको शेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिक प्रकृतिको कर्जाका लागि सुरक्षणबापत राखिने शेयरको नेपाल स्टक एक्सचेन्जबाट प्रकाशित पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र शेयर धितो कर्जाको सीमा कायम गर्न सकिन्छ।

शेयरको बजार मूल्यमा हुने परिवर्तनका कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा थप धितोका लागि ऋणी ग्राहकलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सूची गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताबाहेकका हकमा यस्तो कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ (कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाबाट कुल) कायम रहेको छ।