Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

थपियो निर्माण व्यवसायीको कर्जा भुक्तानी अवधि

२०८१ भाद्र ११ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निर्माण व्यवसायीको कर्जा भुक्तानी अवधि थप गरेको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि  सूचना जारी गर्दै यसबारे अवगत गराएको हो।

निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी परिस्थितिवश समस्यामा परेका निर्माण व्यवसायीसँग सम्बन्धित कर्जाको २०८१ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याजलाई २०८१ मंसिर मसान्तसम्म भुक्तानी गर्न सकिने गरी बैंक तथा वित्तीय संस्थाले समयावधि थप गर्नुपर्ने व्यवस्था गरिएको छ।

बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जाको ब्याजलाई पुँजीकरण गर्न तथा कुनै किसिमको पेनाल ब्याज, शुल्क, हर्जाना वा ब्याजको ब्याज लिन पाउँदैनन्। तर, यो थप अवधिभित्र कर्जाको साँवा र ब्याज भुक्तानी नगरेमा बैंक तथा वित्तीय संस्थाले पूर्वनिर्धारित सर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज भने लिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।