बैंकिङ खबर/ सञ्चालनमा रहेका जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरणअनुसार जीवन बीमा कम्पनीहरूको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १५ दशमलव ९ प्रतिशत वृद्धि भएको छ ।
अघिल्लो आवमा १४ जीवन बीमा कम्पनीहरूले कुल रू. ४ अर्ब ९७ करोडभन्दा बढी नाफा कमाएकोमा गत आवमा बढेर रू. ५ अर्ब ७३ करोडभन्दा बढी पुगेको छ ।
१४ कम्पनीमध्ये हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी नाफा कमाएको छ । गत आवमा यस कम्पनीले रू. ६३ करोड ३८ लाख नाफा कमाएको हो । यो नाफा अघिल्लो आवको तुलनामा २१ दशमलव ५९ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले रू. ५२ करोड १२ लाख नाफा कमाएको थियो ।
गत आवमा सर्वाधिक नाफा कमाउने जीवन बीमा कम्पनीको सूचीमा दोस्रोमा सन नेपाल लाइफ इन्स्योरेन्स छ । कम्पनीले रू. ५७ करोड ४९ लाख नाफा कमाएको छ । गत आवमा जीवन बीमा कम्पनीहरूमध्ये राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा सबैभन्दा कम छ । यस कम्पनीले गत आवमा रू. १५ करोड ३६ लाख नाफा कमाएको हो ।
गत आवमा ११ ओटा जीवन बीमा कम्पनीको नाफा बढ्दा ३ ओटाको नाफा घटेको छ । गत आवमा सन नेपाल लाइफ, मेट लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको नाफा घटेको हो ।
गत आवमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिशतका आधारमा सबैभन्दा बढी नाफा कमाएको छ । गत आवमा कम्पनीको नाफा २१६ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू.१० करोड २५ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ३२ करोड ४७ लाख पुगेको हो ।
त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा १४६ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले रू. १६ करोड ११ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ३९ करोड ६५ लाख पुगेको छ ।
हेर्नुहोस् कुनको कति ?
कम्पनीको नाम | खुद नाफा रू. हजारमा | घटबढ प्रतिशत | |
गत आवको चौथो त्रैमास | अघिल्लो आवको चौथो त्रैमास | ||
हिमालयन लाइफ | 633,858 | 521,295 | 21.59 |
सन नेपाल लाइफ | 574,967 | 782,555 | -26.53 |
आइएमई लाइफ | 514,557 | 209,988 | 145.04 |
नेपाल लाइफ | 513,982 | 392,915 | 30.81 |
मेट लाइफ | 504,143 | 765,461 | -34.14 |
रिलायबल नेपाल लाइफ | 426,358 | 334,215 | 27.57 |
नेशनल लाइफ | 406,358 | 252,524 | 60.92 |
सूर्यज्योति लाइफ | 396,537 | 161,173 | 146.03 |
प्रभु महालक्ष्मी लाइफ | 366,174 | 179,149 | 104.4 |
सानिमा रिलायन्स लाइफ | 350,824 | 219,387 | 59.91 |
एशियन लाइप | 328,591 | 240,006 | 36.91 |
सिटिजन लाइफ | 324,779 | 102,596 | 216.56 |
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल | 238,506 | 753,449 | -68.34 |
राष्ट्रिय जीवन बीमा कम्पनी | 153,686 | 62,615 | 145.45 |
कुल नाफा | 5,733,320 | 4,977,328 | 15.19 |
स्रोत : गत आवको चौथो त्रैमासिक वित्तीय विवरण ।