August 16th, 2024

लघु बीमाको नाफा ३.१० करोड

बैंकिङ खबर/ गत आवमा सात लघु बीमा कम्पनीले तीन करोड १० लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अहिले नेपालमा तीन जीवन र चार निर्जीवन गरी सात लघुबिमा कम्पनी छन् ।

अघिल्लो आवमा उनीहरूले एक करोड ४७ लाख ७९ हजार रुपैयाँ नाफा कमाएका थिए । यद्यपि, अघिल्लो आवमा चारवटा मात्रै लघुबीमा कम्पनी सञ्चालनमा थिए ।

गत आवमा तीन जीवन लघुबिमा कम्पनीले मात्रै एक करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् । त्यसमा लिबर्टी माइक्रो लाइफ लाइफले ७६ लाख तीन हजार, क्रेस्ट माइक्रो लाइफले ४० लाख दुई हजार र गार्डियन माइक्रो लाइफले १४ लाख खुद नाफा कमाएको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा आवमा चार निर्जीवन लघुबिमा कम्पनीको नाफा भने एक करोड ८० लाख ३५ हजार रुपैयाँ देखिएको छ । त्यसमा ट्रस्ट माइक्रोले एक करोड नौ लाख ५१ हजार, नेपाल माइक्रोले २९ लाख ५४ हजार, प्रोटेक्टिभ माइक्रोले २३ लाख ४१ हजार र स्टार माइक्रोले १७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको तथ्यांकमा उल्लेख छ ।