August 14th, 2024

स्वाबलम्बन लघुवित्तद्वारा बीमा सुविधा प्रदान

बैंकिङ खबर/स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सुडा,कञ्चनपुरले आना ग्राहक सदस्यलाई बीमा सुविधा प्रदान गरेको छ ।
शाखा कार्यालय सुडाबाट सञ्चालित केन्द्रकी सदस्य हल्ली डगौराको श्रीमानको मृत्यु भएको र सदस्यले लिएको कर्जा बीमाबाट एक लाख ४२ हजार ५ सय रुपैयाँ सुविधा उपलब्ध गराएको हो ।

वित्तीय संस्थाले ग्राहक सदस्यले लिने कर्जाहरुमा कर्जा बीमा अनिवार्य गरीएको छ र एउटै रकमबाट सदस्य र सदस्यको संरक्षकको बीमा हुने गरेको कुरा संस्थाका शाखा प्रबन्धक चन्द्रदेब जैशीले बताए ।

वित्तीय संस्थाले गत असार महीनामा आएको बाढीबाट प्रभावित २० जना सदस्यहरुलाई प्रति घर रु ५००० ग्राहक संरक्षण कोषबाट सुविधा प्रदान गरेको छ । बाढीबाट डुबान परेर खानेकुरा नष्ट भएका करिब ५० परिवारलाई शाखा कार्यालयबाट तत्कालै १ बोरा चामल, २ किलो दाल,२ लि तेल,र अन्य सामग्रीहरु प्रदान गरेको शाखा प्रबन्धक जैशीले बताए ।