August 13th, 2024

नेपाल लाइफको खुद नाफा ३१ प्रतिशतले बढ्यो

बैंकिङ खबर/नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा गत आर्थिक वर्षको चौथो त्रैमासमा करिब ३१ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिमा ५१ करोड ३९ लाख रुपैयाँ नाफा गरेको छ । यो अघिल्लो आवको तुलनामा ३०.८१ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३९ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

असार मसान्तसम्म कम्पनीको कुल बीमाशुल्क आर्जन ९.९२ प्रतिशतले बढेर ४० अर्ब ८४ करोड ९४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बीमाशुल्क आर्जन ३७ अर्ब १६ करोड २८ लाख रुपैयाँ थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ४.४३ प्रतिशतले घटेर १४ अर्ब ९९ करोड ५६ लाख रुपैयाँ सीमित भएको छ । त्यस्तै, कुल खर्च ११.५८ प्रतिशतले बढेर ५५ अर्ब ३५ करोड २४ लाख पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो खर्च ४९ अर्ब ६० करोड ९७ लाख रुपैयाँ थियो ।

गत आवको चौथो त्रैमाससम्म कम्पनीले आफ्ना बिमितलाई ३३ खर्ब ९१ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो आवको तुलनामा ९ प्रतिशतले बढी हो । यता, कम्पनीको लगानी १८.३१ प्रतिशतले बढेर १ खर्ब ६४ अर्ब १५ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १.४६ रुपियाँले बढेर ६.२६, छ भने प्रतिशेयर नेटवर्थ १२९.११ रुपैयाँ प्रतिशत छ । ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ३८ करोड ९० लाख ३५ हजार रुपैयाँ रहेको छ ।