बैंकिङ खबर/ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।
यस अन्तर्गत मंगलबार संस्थाको प्रधान कार्यालय, बुटवलमा सञ्चालन भएको रक्तदान कार्यक्रममा सञ्चालक समि
तिका अध्यक्ष भरतराज कोइराला र प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए ।
‘मानविय सेवा र धर्मका लागि रक्तदान गरौं’ भन्ने मूल उद्देश्यबाट अभिप्रेरित भइ लघुवित्तले आफ्नो दशौं वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
उक्त रक्तदान कार्यक्रममा संस्थामा कार्यरत कर्मचारी लगायत समाजका विभिन्न क्षेत्रमा आवद्ध ४१ जना व्यक्तिहरूले रक्तदान गरेका थिए ।
प्रधान कार्यालय, बुटवलमा सञ्चालन भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो ।