बैंकिङ खबर/ आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले देशव्यापीरुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पूर्ण जनसमुदायहरुको सुख दुःखमा सहयोग पुर्याउने उज्१ देश्यले एकैदिन ६ प्रदेशमा रहेका शाखा कार्यालयहरुको आयोजना सक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
शाखा कार्यालयहरुको आयोजना र नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा ‘आरम्भ चौतारीको अभियान, देशव्यापी रक्तदान’ भन्ने मूल नाराकासाथ रक्तदान कार्यक्रमको आयोजना गरी ५६० प्वाईन्ट रकत संकलन गरेको छ ।
उक्त कार्यक्रमको शुभारम्भ यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले चितवनको शक्तिखोर शाखा कार्यालयबाट रक्तदान गरी शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा प्रतिकुल समय र विभिन्न रोगव्याधीबाट उपचार गर्ने क्रममा सवै किसिमको रक्त समुहको आवश्यकता अनुसार उपभोग गर्न सक्ने भनी यस किसिमको कार्यक्रम आयोजना गरेको र भावी दिनमा यस्ता प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्ने विचार समेत प्रमुख कार्यकारी अधिकृतले व्यक्त गरे ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६ प्रदेश, ५३ जिल्लाहरुमा १३५ शाखा कार्यालयहरु, ६ प्रदेश कार्यालय र केन्द्रीय कार्यालय गरी १४२ कार्यालय सञ्जालमार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आइ रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराइ विना धितोमा तथा धितो कर्जा लगानी गर्नुका साथै व्यावसायिक सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आइरहेको छ । २०८१ असार मसान्त सम्म ९९हजार सदस्य, ३५ हजार ऋणीमार्फत १ अर्व ५८ करोड वचत संकलन गरी ४ अर्व २५ करोड कर्जा लगानी गरेको छ ।