August 9th, 2024

नेशनल लघुवित्तको नाफा ३४ करोड, यस्ता छन् अन्य सूचक


बैंकिङ खबर/ नेशनल लघुवित्त वित्तीय संस्थाको नाफामा ५७.८९ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा २१ करोड ५९ लाख रुपैयाँ थियो । आर्थिक वर्ष २०८०/०८१ मा कम्पनीमा कम्पनीले ३४ करोड ९ लाख लाख रुपैयाँ नाफा कमाएको छ ।

यो अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी ७५.५६ प्रतिशत बढेको छ भने सञ्चालन नाफा ६०.५० प्रतिशतले बढेको छ। ब्याज आम्दानी र संचालन मुनाफामा आएको बढोत्तरीले संस्थाको नाफामा सुधार आएको हो ।

संस्थाको इम्पेयरमेन्ट चार्ज २५०० प्रतिशत बढेको छ । इम्पेयमेन्ट चार्ज ८७ लाखबाट बढेर २२ करोड ७५ लाख रुपैयाँ कायम भएको छ ।
१ अर्ब १६ करोड ५५ लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ४१ करोड ९३ लाख रुपैयाँ छ । वितरणयोग्य मुनाफा २८ करोड ११ लाख रुपैयाँ छ ।

नाफासँगै संस्थाको प्रतिशेयर आम्दानी बढेर २९ रुपैयाँ २५ पैसा पुगेको छ। असार मसान्तसम्ममा संस्थाको प्रतिशेयर नेटवर्थ २४५ रुपेयाँ ९ पैसा छ । संस्थाको खराब कर्जा ३.५३ प्रतिशतबाट घटेर ३.२५ प्रतिशतमा झरेको छ ।