बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । प्राधिकरणका अनुसार जीवन बीमा र निर्जीबन बीमा कम्पनीका उजुरी बढ्ने क्रम बढेको हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा गत आर्थिक वर्षमा प्राधिकरणमा पर्ने उजुरी ५७.४१ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म बीमा प्राधिकरणमा २४४ वटा उजुरी दर्ता भएका छन् । अघिल्लो आवको असार मसान्तमा १५५ वटा मात्रै उजुरी परेका थिए । एक वर्षको अवधिमा उजुरीको संख्या ५७.४१ प्रतिशतले बढेको छ । पछिल्ला ६ वर्षको तथ्यांक हेर्दा पनि उजुरी पर्ने क्रम बढेको देखिन्छ । प्राधिकरणको तथ्यांक अनुसार आव २०७५/०७६ मा १०० वटा मुद्दा दर्ता भएका थिए । आव २०७६/०७७ मा १२६, आव २०७७/०७८ मा १३७, आव २०७८/०७९ मा १५५, आव २०७९/०८० मा १५५ वटा मुद्दा दर्ता भएका थिए । आव २०८०/०८१ मा २४४ वटा मुद्दा दर्ता भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणमा पर्ने उजुरीमा बढी दाबी भुक्तानीका विषयमा हुने गरेका छन् । प्राधिकरणका अनुसार असार मसान्तसम्म २८७ वटा उजुरीमा फैसला तथा सहमति हुन बाँकी छन् । गत आवमा दर्ता भएका २४४, अघिल्लो आवको बाँकी १९२ र पुनरावेदनबाट आएको एकसहित २८७ मुद्दा अझै विचाराधीन छन् ।
प्राधिकरणले गत आवमा १५० वटा मुद्दा फैसला गरेको छ । अघिल्लो आवमा १४९ वटा मुद्दामा फैसला भएको थियो । गत आवको असार मसान्तसम्म २८७ वटा मुद्दाको फैसला चालु आवको लागि सरेको छ । गत आवका १९२ वटा सरेका थिए ।