बैंकिङ खबर/ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा ठूलो संख्यामा कर्मचारी माग भएको छ । संस्थाले ८५ जना कर्मचारीका लागि दरखास्त खुलाएको हो । कम्पनीले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ ।
कम्पनीले कनिष्ठ चालक पदको प्राविधिक सेवामा ५ जना माग गरेको छ । यसका लागि लाइसेन्स प्राप्त गरी ५ वर्षको कार्यानुभव भएको र एसईई परीक्षा उत्र्तीण गरेकाले आवेदन दिन पाउनेछन् ।
अर्काे कनिष्ठ सहयोगी पदको प्रशासन सेवामा ८० जना माग गरेको छ । यसमा एसईई परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन पाउनेछन् । उमेरको हदमा कनिष्ठ चालकका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र कनिष्ठ सहयोगीका लागि १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ ।
महिलाको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ । योग्य तथा इच्छुक व्यक्तिले आवश्यक पर्ने काजगात सहित २५ दिनभित्र दरखास्त फाराम बुझाउनुपर्नेछ ।