August 5th, 2024

‘लघुवित्त क्षेत्रका समस्या समाधान हुने दिशामा गएको छ’

बैंकिङ खबर/ उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले हदसम्म लघुवित्त क्षेत्रमा दे्खिएका समस्या समाधानको दिशामा गइरहेको दाबी गरेका छन्। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भने,‘मलाई लाग्छ धेरै हदसम्म लघुवित्त क्षेत्रका देखिएका समस्या समाधान हुने दिशामा गएको छ।

सहकारी क्षेत्रमा अलिकति विकराल, जटिल देखिएको र कठिन भएको सत्य हो,’ अर्थमन्त्री पौडेलले भने, ‘कतिपयले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सहकारी आन्दोलनको औचित्यमाथि प्रश्न उठाएको पाउछौँ। त्यो ठीक तरिका होइन।’

यस्तै उनले सहकारी क्षेत्रमा देखिएको समस्यामा सम्बोधनका लागि सरकारले शीघ्र प्रभावकारी र परिणाममुखी प्रयास अघि बढाउने बताए। ‘सहकारी क्षेत्रमा देखिएको यो समस्या सम्बोधन गर्नका लागि सरकारले शीघ्र प्रभावकारी र परिणाममुखी प्रयास अगाडि बढाउँछ। हामी यसलाई विलम्ब गर्ने, कुनै ढिलाढाला गर्ने पक्षमा छैनौँ,’ उनले भने, ‘शीघ्र प्रभावकारी प्रयास गर्छौं। नियमनको व्यवस्था गरेर साँचो अर्थको सहकारीको प्रवद्र्धन गर्ने काममा सरकार अगाडि बढ्छ।’