
बैंकिङ खबर/ जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिवसीय लिडरसिप एक्सिलेन्सी अवार्ड कार्यक्रम सम्पन्न गरेको छ। भैरहवाको टाइगर प्यालेस रिसोर्टमा यही साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम “हक वर्ष :फ्लाई हाई, एम हायर” नाराका साथ सम्पन्न भएको हो।
कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो। कम्पनीका सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा भर्चुवल्ली बोल्दै सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले आ.व २०८०/८१ मा गरेको जबर्जस्त प्रस्तुतिको लागि व्यक्तिगत र सञ्चालक समितिको तर्फबाट बधाई र धन्यवाद दिएका थिए। आर्थिक वर्ष २०८०/८१ मा कम्पनी आफ्नो बजार हिस्सा बढाउन सफल भएको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए। उनले गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालू आर्थिक वर्ष २०८१/८२ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए।
कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेल, पेसागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी, पेसागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारी लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए।
कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट १४१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो।कार्यक्रममा सम्मानको साथ साथै ३० जनालाई सम्राट पदक, २२ जनालाई रत्न पदक र १३७ जनालाई समृद्धि पदकबाट पनि विभूषित गरिएको थियो।
त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमश : नेपाल प्रथम, द्वितीय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा, तथा व्यक्तिगत कोड तर्फबाट क्रमश: नेपाल प्रथम, द्वितीय र तृतीय हुने खुशी भट्ट, भीमा पन्थी र अर्बिन राजवंशीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो।
