Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

तीन सय जनाको उपस्थितिमा नेशनल लाईफ गाला कन्सर्ट सम्पन्न

२०८१ श्रावण १५ गते

बैंकिङ खबर/ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले २०८१ जेठ महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुसहित कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३०० जनाको उपस्थितीमा काठमाडौंको सोल्टी होटलमा नेशनल लाईफ गाला कन्सर्ट सम्पन्न गरेको छ ।

कन्सर्टमा स्ट्याण्ड अप कमेडीका लागि चर्चित कलाकार सन्दिप क्षेत्रीको प्रहसन सहित नेपालका चर्चित कलाकारहरु प्रमोद खरेल, मेलिना राई र हेमन्त शर्मा को बेजोड सांगितिक प्रस्तुती रहेको थियो भने चर्चित डि.जे. डिजे नानीको प्रस्तुतीमा उपस्थित अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

भव्य रुपमा आयोजना गरिएको उक्त गाला कन्सर्टमा कम्पनीका उपकार्यकारी अधिकृतले नेशनल लाईफले सदाझैं अभिकर्ताहरुको चाहनालाई मध्येनजर गर्दै विभिन्न योजनाहरु ल्याउने क्रममा गाला कन्सर्टको अवधारणा ल्याइएको र यस योजनालाई देशै भरीका अभिकर्ताहरुले उत्साहका साथ मनन गरेको हुनाले नै योजना सफल भएको बताउँदै अभिकर्ताहरुको उत्साहजनक उपस्थितिले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको पनि बताएका थिए ।