July 26th, 2024

मौद्रिक नीति निकै सन्तुलित आयो : लघुवित्त बैंकर्स संघ

बैंकिङ खबर/नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले मौद्रिक नीति निकै सन्तुलितरूपमा आएको प्रतिक्रिया दिएका छन् ।

केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले मौद्रिक नीतिका कारण कर्जाको विस्तार हुने देखिएको बताए । उनले लघुवित्तलाई सहजीकरण गर्ने गरी मौद्रिक नीति आएकाले स्वागतयोग्य रहेको धारणा राखे ।

शाखाको मर्जरलाई समेत प्राथमिकता दिने गरी आएको र ग्राहकको पक्षमा पनि प्रभावकारी बनाउने गरी नीति आएको उनको भनाइ छ ।

ब्याजदर र सेवा शुल्कलाई पुनरवलोकन गरी व्यवस्थित बनाउने विषय पनि निकै राम्रो रहेको उनले बताए । उनले समस्यामा परेका ग्राहकहरूलाई विशेष सम्बोधन गर्ने नीतिले लघुवित्त क्षेत्रलाई सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।