Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मौद्रिक नीतिः लघुवित्त वित्तीय संस्थाहरु बीचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहन

२०८१ श्रावण ११ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/२०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । हरेक वर्ष बजेट आएपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ ।

सार्वजनिक मौद्रिक नीतिअनुसार लघुवित्त वित्तीय संस्थाहरु तथा तीनका शाखाहरु बीचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गरिने भएको छ । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो जानकारी दिएका हुन् ।

परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिने उनले बताए ।