Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सम्पदा लघुवित्त नयाँसाघु शाखाद्वारा बीमा क्षतिपूर्ति हस्तान्तरण

२०८१ श्रावण ९ गते

बैंकिङ खबर/ सम्पदा लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय नयाँसाघु, गोरखाले बीमा क्षतिपूर्ति वापतको रकम हस्तान्तरण गरिएको छ । सिरानचोक गाउँपालिका वडा नं. ६ नयाँसाघु शाखामा आवद्ध केन्द्र नं. १६ का सदस्य अशोक विश्वकर्माको मृत्यु भए पस्चात बीमा क्षतिपूर्ति रकम सदस्यको श्रीमतीलाई उपलब्ध गराईएको छ ।

सदस्य अशोक विश्वकर्माले संस्थाबाट व्यवसायको लागि बिना धितो कर्जा रु.५०,००००० लिएकोमा निज विश्वकर्माको मृत्यु पश्चात संस्थाको नियम अनुसार कर्जाको साँवा र व्याज रु. ४,१०,०१० मिनाहा गरी रु.६,८४,९९० रकम यसै सम्पदा लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष कृष्ण बहादुर थापा, नायव प्रमुख र्कायकारी अधिकृत रेशम न्यौपाने साथै सिरानचोक गाउँपालीका वडा नं.६ का वडा अध्यक्ष प्रेम वस्ती र स्थानीय समाजसेवीहरुको उपस्थितीमा अध्यक्ष कृष्ण बहादुर थापा तथा वडा नं.६ का वडा अध्यक्ष प्रेम वस्तीद्वारा संयुक्त रुपमा सदस्यको पत्नी सिता विश्वकमालाई ग्लोबल आई एम ई बैक लि. को चेक हस्तान्तरण गरिएको छ ।

साबिक साधना लघुवित्त वित्तीय संस्था लि. र सबैको लघुवित्त वित्तीय संस्था लि. एक आपसमा मर्जर तथा प्राप्तीको लागी नेपाल राष्ट्र बैकबाट स्वीकृत भई २०८१ असार ३० गतेबाट बन्दिपुर नगरपालीका वडा नं.१ मा केन्द्रीय कार्यालय रहि सम्पदा लघुवित्त वित्तीय संस्था लि. को नामबाट एकिकृत कारोवार गरी वित्तीय संस्थाले देशको ७ वटा प्रदेशको ४३ वटा जिल्लामा १८३ शाखा मार्फत् १ लाख ७६ हजार सदस्यहरुलाई वित्तीय सेवा प्रदान गदै आई रहेको छ, भने करिब ७५ हजार ऋणी सदस्यरुलाई १० अर्ब रुपैया भन्दा बढी कर्जा लघुउद्यमीहरुको लागि लगानी गरीएको जानकारी संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।

साथै शाखाको तर्फबाट शाखा प्रबन्धक रामकला थापा मगरले सदस्यहरुलाई वित्तीय सेवा मात्र नभई सदस्यको दुःखको समयमा संस्थाको तर्फबाट सहयोग गरी सारथी बन्न पाएको र आगामी दिनहरुमा समेत संस्थाको वित्तीय सेवा प्रभावकारी रुपमा प्रवाह गरी सदस्यहरुको दुःखमा संस्था सदैव हातेमालो गदै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।