Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मातृभूमि लघुवित्तमा सिइओ माग, यस्तो छ आवश्यक योग्यता ?

२०८१ श्रावण २ गते

बैंकिङ खबर/ साविक किसान र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्ने भएको छ । यसका लागि कम्पनीले योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

यसका लागि मान्यता प्राप्त शिक्षणा संस्थाबाट चार्टड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जन प्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानून विषयमा स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ । बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सोभन्दा माथिको तहमा कम्तीमा १० वर्षको कार्यानुभव भएको र ४० वर्ष पूरा भई ६० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् ।

योग्य तथा इच्छुक व्यक्तिले हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिलिपि, बायोडाटा, शैक्षिक तथा कार्यानुभवको प्रमाणपत्र सहित साउन ९ गते कार्यालय समयभित्र संस्थाको इमेलमार्फत् दरखास्त आवेदन दिनुपर्नेछ ।