बैंकिङ खबर/लोकसेवा आयोगले आ.व. २०८१/०८२ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका १ मा निजामती कर्मचारी र कार्यतालिका २ मा सुरक्षा निकायको पदपूर्तिबारे उल्लेख छ ।
लोकसेवाको वार्षिक कार्य तालिका अनुसार नेपाल राष्ट्र बैंकको साउन/भदौ, कृषि विकास बैंक लिमिटेड पुस/माघ, नेपाल बैंक लिमिटेड माघ/फागुन र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड फागुन/चैत्रमा फारम खुल्नेछ ।