बैंकिङ खबर/ बिमा प्राधिकरणले चुक्ता पुँजी नपुगेका ९ बिमा कम्पनीलाई पुँजी पुर्याउन जगेडा लगायतका कोषमा भएको रकम गणना गर्न दिने भएको छ ।
प्राधिकरणले २०८१ असार मसान्तसम्ममा जीवन बिमा कम्पनीलाई ५ अर्ब र निर्जीबन बिमा कम्पनीलाई २ अर्ब ५० कराड रुपैयाँ चुक्ता पुँजी पु¥याउन निर्देशन दिएको थियो ।
पुँजी नपुगेका कम्पनीहरुले तोकेको पुँजी पुर्याउन हकप्रद सेयरको सहारा लिने योजना बनाएका थिए । त्यसै अनुरुप ५ जीवन तथा ४ निर्जीवन बिमा कम्पनीले धितोपत्र बोर्डमा निवेदन पनि दिएका थिए ।
हाल धितोपत्र बोर्डमा अध्यक्ष नभएका कारण यी कम्पनीहरुले हकप्रद सेयर निष्कासन गर्न पाएका छैनन् । हकप्रद सेयर निष्कासन गर्न नपाएर तोकेको समयमा तोकिएको पुँजी पुर्याउन नसक्ने भएपछि तत्कालका लागि नियामक निकाय बिमा प्राधिकरणले जगेडा लगायत अन्य विभिन्न कोषमा रहेको रकम गणना गरेर पुँजी पुर्याउन कम्पनीहरुलाई परिपत्र गरिसकेको छ ।
जीवन ४ र निर्जीबन ५ वटा कम्पनीले नियामक निकाय बिमा प्राधिकरणको निर्देशन बमोजिम चुक्ता पुँजी पुर्याउन बाँकी छ । चुक्ता पुँजी नपुगेका कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, एशियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सानिमा जीआईसी र नेपाल इन्स्योरेन्स कम्पनी रहेका छन् ।