July 14th, 2024

मातृभूमि लघुवित्तको कामू सीइओमा अशोक कुमार आचार्य

बैंकिङ खबर/ मातृभूमि लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(सीइओ) मा अशोक कुमार आचार्य चयन भएका छन् ।

कम्पनीको गत असार २८ गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत आचार्यलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसैगरी, सोही बैठकले नायव प्रमुख कार्यकारी अधिकृत सजल खड्कालाई कम्पनी सचिवको थप जिम्मेवारी दिने निर्णय गरेको छ । गत बिहीबारदेखि मातृभूमि लघुवित्तले एकीकृत वित्तीय कारोबार शुरु गरेको थियो । एकीकृत वित्तीय कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले गरेका थिए ।

उक्त कम्पनी किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एकापसमा गाभिएर बनेको हो । कम्पनीको अध्यक्षमा लोकराज शर्मा छन् । मर्जरपछि कम्पनीकोे चुक्तापूँजी ७४ करोड ३३ लाख रुपैयाँ पुगेको छ।