बैंकिङ खबर/ विदेशी विनिमय कारोबारको इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्था तथा अन्य इजाजातपत्र प्राप्त संस्थाहरुबाट सटही गर्न सकिने गरी दैनिक रुपमा विनिमय दर प्रकाशित गरिने नेपाल राष्ट्र बैंकबाट तोकिएका विदेश मुद्राहरुलाई परिवर्त्य विदेशी मुद्रा भनेर चिनिन्छ ।
हालको व्यवस्थाअनुसार नेपालमा २० वटा विदेशी मुद्रा परिवर्त्य विदेशी मुद्राका रहेका छन्। जसमा अमेरिकी डलर, अस्ट्रेलियन डलर, सिंगापुर डलर, चाइनिज युआन, डेनिस क्रोनर, बहराइन दिनार, क्यानेडियन डलर, मलेसियन रिङ्गिट र ब्रिटिस पाउन्ड स्टर्लिङ छन्।
यसैगरी युरो, स्विस फ्राङ्क, यूएई दिराम, कतारी रियाल, स्विडिस क्रोनर, हङकङ डलर, दक्षिण कोरियन वन, साउदी अबर रियाल, थाई भाट, कुवेती दिनार र जापानी येन पनि नेपालमा परिवर्त्य मुद्राका रुपमा रहेका छन्। भारतीय मुद्रासँग भने नेपाली रुपैयाँको स्थिर विनिमय दर कायम गरिएको छ।
हेर्नुहोस् सूची