July 8th, 2024

के हो बैंक जमानत ? यस्ता छन् नेपालमा प्रचलित बैंक जमानतहरु


बैंकिङ खबर/ बैंक जमानतलाई कारोबार बैंक तथा वित्तीय संस्थाको गैरकोषमा आधारित बैंकिङ कारोबार भन्ने बुझिन्छ । यो दुई वा सोभन्दा बढी पक्षहरुबीच बैंक तथा वित्तीय संस्थाको मध्यस्थतामा लेनदेनमा भएको प्रतिबद्धता हो ।

बैंकले आफ्नो ग्राहकको पक्षबाट अर्को पक्षलाई भुक्तानीको सुनिश्चितता उपलब्ध गराउँछ । यस्तो सुनिश्चितता निर्धारित समय तोकेको हुन्छ । बैंकले आफ्नो ग्राहकको पक्षबाट अर्को पक्षलाई जमानत पत्र उपलब्ध गराउँछ । जसमा भविष्यमा सम्बन्धित पक्ष भुक्तानीमा असफल भएमा भएमा बैंकले भुक्तानी प्रदान गर्ने सुनिश्चितता प्रदान गर्दछ ।

यस्तो जमानत पत्र अर्को पक्षले धिताको रुपमा राखेर कर्जा प्राप्त गर्न सक्दछ । दुई पक्षबीच हुने व्यापार र भुक्तानीको लेनदेनमा बैंकको मध्यस्थता र प्रतिबद्धता उपलब्ध गराउँछ । जसले गर्दा बस्तु तथा व्यापार प्रवद्र्धन दुई पक्षबीच व्यवसायिक कारोबार र व्यवसायको अल्पकालीन भुक्तानी सुनिश्चितता समेत निर्धारण गरिन्छ ।

यस्ता छन् नेपालमा प्रचलनमा रहेका बैंक जमानतहरु

१.भुक्तानीमा जमानत

खरिदकर्ताले बिक्रीकर्तासँग उद्यारोमा बस्तु तथा सेवा खरिद गर्ने, भविष्यमा भुक्तानी गर्नुपर्ने दायित्व उपर प्रदान गर्ने जमानत यस अन्तर्गत पर्दछन् ।

२.अग्रीम भुक्तानीमा जमानत

खरिद कर्ता र बिक्रीकर्ताबीच खरिद सम्झौता हुनुपर्ने वा मालसामान ढुवानी पूर्व नै गर्नुपर्ने अग्रीम भुक्तानी उपर प्रदान गर्ने यस अन्तर्गत पर्दछन् ।

३.सम्झौता कार्यान्यन जमानत

दुई पक्षबीच सम्झौता बमोजिम कार्यान्वयन हुने विश्वसनियताका लागि उपलब्ध गराउने सुरक्षण जमानत यस अन्तर्गत पर्दछन् ।

४.हेन्डर जमानत

बस्तु तथा सेवाको लिलामी बिक्री वा परियोजना निर्माणमा आवेदन चरणमा उपलब्ध गराउने सुरक्षण जमानत यस अन्तर्गत पर्दछन् ।

५.कर्जा चक्ता उपर जमानत

सम्बन्धित ऋणीले कर्जा चुक्ता गर्ने सुनिश्चितताका लागि अर्को वित्तीय संस्थाले उपलब्ध गराउने जमानत यस अन्तर्गत पर्दछन् ।

६.भन्सार विन्दुमा हुने जमानत

बस्तु आयत तथा निर्यात गर्दा भन्सार बिन्दुमा भन्सार अधिकारी समक्ष पेश गर्ने जमानत यस अन्तर्गत पर्दछन् ।

७.धरौटी जमात

ऋदालतको सुनुवाइ चरणमा धरौटीमा हुँदा अदालत समक्ष पेश गर्ने जमानत यस अन्तर्गत पर्दछन् ।