July 5th, 2024

हिमालयन लघुवित्त शाखा कार्यालय बंकुलद्वारा शैक्षिक सामग्री वितरण

बैंकिङ खबर/ हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बंकुल रौतहटले शैक्षिक समग्री वितरण गरेको छ । रौतहट जिल्ला परोहा न.पा. वडा नं.३, तेजापाकड टोलमा रहेको भगवान प्राथमिक विद्यालय तेजापाकड को कक्षा १ देखि ५ सम्मको २०० विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत रहि उद्देश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा उक्त विद्यालयका प्रधानाध्यापक शेख अब्दुल्लाह,शिक्षक मोहम्द हसरे आलम,राम नरेश महतो र शिक्षीका गायत्री कुमारी यादव,रेखा कुमारी यादव र वडा नं.३ का अध्यक्ष महेश सिंह, परोहा नगरपालिकाका शिक्षा संयोजक संतोष पटेल, श्री माध्यमिक विधालय पोखरीयाका प्रधानाध्यापक अनिल द्धुवेदी,अनुगमन कार्यालयबाट अनुगमन अधिकृत अिनल चौधरी र शाखाको तर्पmबाट शाखा प्रबन्धक कुन्दन प्रसाद कुशवाहा तथा कर्मचारी सरोज चौधरी, गोपाल कुमार यादव,परमान्नद सहनी,धिरज कुमार गुप्ता,नरेन्द्र चौधरीको उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक शेख अब्दुल्लाहले यस हिमालयन लघुवितद्वारा विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरेकोमा धेरै नै आभार ब्यक्त गरेकासंस्थाका शाखा प्रबन्धक कुन्दन प्रसाद कुशवाहाले बताए ।