बैंकिङ खबर/ मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले झोर काठमाडौंमा रहेको गैरीगाउँ महिला केन्द्रलाई २० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार महिला केन्द्रलाई केन्द्र घर निर्माण गर्न आर्थिक सहयोग गरेको हो ।
टोखा नगरपालिका १ झोरमा आयोजित एक कार्यक्रमका बीच संस्थाको शाखा कार्यालय मनमैजु, काठमाडौंका शाखा प्रवन्धक चक्र बहादुर लामाले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम केन्द्र घर निर्माण, व्यवस्थापन तथा सञ्चालनका लागि प्रयोग गरिने महिला केन्द्रका केन्द्र प्रमुख रोशिका तामाङले जानकारी दिइन् ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड देशका ६४ जिल्लामा १४९ शाखा कार्यालयमार्फत करिव १ लाख ६० हजार घरपरिवारलाई वित्तीय सेवा पुर्याउँदै आइरहेको छ ।