बैंकिङ खबर/नेशनल लघुवित्त वित्तीय संस्था लि.२०७१ असार १८ गतेबाट आफ्नो कारोबार शुरू गरेको दशौं वर्ष पुरा गरी एघारौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थाका १८४ वटै शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।
कार्यक्रममा विभिन्न विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण, वृद्धाश्रमलाई सहयोग, सरसफाई कार्यक्रम, प्रहरी कार्यालयलाई सहयोग, परोपकारी संस्थालाई सहयोग, वित्तीय साक्षरताका कार्यक्रम साथै विभिन्न सामाजिक कृयाकलापमा भाग लिइ वार्षिक उत्सव मनाइएको थियो ।
संस्थाले यस अवधिसम्म ७४ जिल्लाका १८४ वटा शाखा कार्यालय मार्फत २ लाख २७ हजार घर परिवारमा आफ्नो सेवा विस्तार गरी उनीहरूलाई रू.२१ अर्ब कर्जा लगानी गरेको साथै सदस्यहरूबाट करिव रू.६ अर्व बचत परिचालन गरेको छ ।
गैर वित्तीय कार्यक्रममा ग्राहकहरुलाई वित्तीय साक्षरता, विभिन्न तालिम तथा उद्यमशिलता विकाश, डिजिटल बैंकिङ (मोवाईल
बैंकिङ, एस.एम.एस.बैंकिङ, ट्यावलेट बैंकिङ) सेवा उपलब्ध गराउँदै आएको साथै विभिन्न सामाजिक कृयाकलापमा भाग लिँदै आएकोमा अबका दिनमा पनि यी कुरालाई उच्च प्राथमिकतामा राखी अगाडि बढ्ने विषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले जानकारी गराए ।