बैंकिङ खबर/ विगत लामो समयदेखि विभिन्न लघुवित्त वित्तीय संस्थामा कार्यरत विजय क्षेत्री भारतमा अन्तर्राष्ट्रिय ‘गौरव अभिमान पुरस्कार’बाट सम्मानित भएका छन् । उनी हाल उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लि.गण्डकी प्रदेश बागलुङ स्टेशन कार्यालय प्रमुख हुन् ।
उनले ग्रामीण क्षेत्रका गरिव वर्गको उत्थानको लागि लघुवित्त कार्यक्रम सामाजिक सेवा हो भन्दै आएका छन् । देशका विकट क्षेत्रमा आफै गइ त्यहाँका अशिक्षित,गरिव,सामाजिक क्षेत्रमा पिछडिएका वर्गलाई वित्तीय पहुँचबाट नेपालको आर्थिक रुपान्तरण हुन्छ भनेर विभिन्न जिल्लामा रहेर लघुवित्त कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व कार्यक्रम र वित्तीय सारक्षता कार्यक्रम गर्दै आएका छन् ।
विभिन्न मुलुकको आर्थिकस्तर र वित्तीय स्रोतको आवश्यकताको अवस्था अनुसार फरक पनि हुने गरेको पाइन्छ । सामान्यतया दुर्गम, पिछडिएका स्थानमा बसोबास गर्ने समाजका गरिव, दलित र विशेष गरी महिला समूहमा आय आर्जन गर्न, रोजगारी तथा साक्षरता निर्माण गर्न सहयोग पुग्ने गरी लघुवित्त संस्थाहरुबाट दिइने सेवालाई लघुवित्त अन्तर्गत राख्न सकिन्छ ।
समग्रमा पिछडिएका वर्ग तथा गरिबहरुमा केन्द्रित भइ प्रदान गरिने सानो आकारको वित्तीय सेवालाई लघुवित्त सेवा मान्न सकिन्छ । उनी निरन्तर विगत ११ वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका छन् ।