बैंकिङ खबर/ सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको बर्दघाट सुस्ता पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नं.५ परासीमा रहेको शाखा कार्यालयले बीमा दाबी भुक्तानी गरेको छ।
नगरपालिका वडा नं–१८ पण्डितपुरमा सञ्चालित केन्द्र नं १४८.०१२६ की सदस्य बाल कुमारी थरुनीको २०८०/१०/१७ गते मृत्यु पश्चात सो केन्द्र बैठक सञ्चालन गर्ने कर्मचारी दिपेन्द्र प्रसाद उपाध्यायको पहलमा आएको बीमा दाबी बापत रकम रु दुई लाख र काजक्रिया खर्च बापत दश हजार गरी दुई लाख दश हजारबाट निजको कर्जा रकम १,९०,७११/– चुक्ता गरी बचेको रकम रु.१९,२८९ को साइन डेभलपमेन्ट बैंकको चेक मृतकको श्रीमान मनिराम थारुलाई हस्तान्तरण गरिएको छ ।
शाखाका शाखा प्रमुख कृष्ण मालीद्वारा यसै केन्द्र अन्य सबै सदस्यको रोहबरमा हस्तान्तरण गरिएको छ । सदस्य बाल कुमारी थरुनीले २०८०/०८/२५ गते यस वित्तीय संस्थाबाट किराना पसल सञ्चालनको लागि रु. २, ००,००० कर्जा लिएकी र सोही बखत रु. २ हजार ५६० तिरी ३ वर्षको लागि आफ्नो र आफ्नो श्रीमानको बीमा गरेकी थिइन् । यस वित्तीय संस्थाले हरेक सदस्यको कर्जा भुक्तानी गर्दा जोखिम न्यूनीकरणको लागि ऋणी सदस्य र निजको श्रीमानको अनिवार्य बीमा गरेको हुन्छ । यस संस्थाको शाखा प्रमुख कृष्ण मालीले जानकारी गराए ।