बैंकिङ खबर/ सुर्योदय वोमी लघुवित्तले नवलपरासी शाखाले बीमा क्षतिपूर्ति रकम हस्तान्तरण गरेको छ । बर्दघाट सुस्था पश्चिम रामग्राम नगरपालिका नगरपालिक ५ परासीमा शाखा रहेको पल्हिनन्दन गा.पा. वडा ०१, मा छोटकी सुनरीमा रहेको केन्द्र नं. १४८.०१०९ की सदस्य सरोजा देवी मल्लको श्रीमान हरिलाल मल्लको मृत्यु भएपछि बीमाको क्षतिपूर्ति रकम सदस्यको श्रीमती सरोजा देवी मल्ललाई उपलव्ध गराएको हो ।
सदस्य सरोजा देवी मल्लले संस्थाबाट दुई लाख कर्जा लिएकोमा मल्लको श्रीमानको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज १४३१२३.५४ मिनाहा गरी ५६८७६.४६ रकम कामना सेवा विकास बैंकको चेक यसै संस्था शाखा सुर्योदय वोवी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय परासिका शाखा प्रमुख कृष्ण मुरारिलाल मालीले हस्तान्तरण गरेका हुन् ।
साथै शाखाको तर्फबाट कर्मचारी दिपेन्द्र प्रसाद उपध्याय र अमित चौधरी उपस्थित रहेको थियो भने समूहको तर्फबाट प्रमुख लगायत अन्य सदस्य र अन्यहरुको समेत उपस्थिति रहेको थियो ।




