Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मातृभूमि लघुवित्तको एकीकृत कारोबार असार २७ गतेबाट

२०८१ असार ९ गते

बैंकिङ खबर/ किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेबाट एकीकृत कारोबार शुरू गर्ने भएको छ ।

गत चैत ९ गते दुवै संस्थाको छुट्टाछुट्टै बसेको पाँचौं वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले भने यही जेठ २९ गते गाभ्ने गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो । सोसँगै जेठ २८ गतेसम्म किसान लघुवित्त र जाल्पा सामुदायिक लुघवित्तमा रहेका ग्राहकको सम्पत्ति तथा दायित्व नयाँ संस्था मातृभूमि लघुवित्तले सकार्ने बताइएको छ ।

नयाँ संस्थाबाट असार २७ गतेदेखि एकीकृत कारोबार सुरु हुनेछ । संस्थाको केन्द्रीय कार्यालय लम्कीचुहा, कैलाली र कर्पोरेट कार्यालय बूढानीलकण्ठ काठमाडौंमा रहनेछ ।
साथै, एकीकृत कारोबारका लागि डेटा माइग्रेसन प्रयोजनका लागि असार २६ गते दुवै संस्थाले प्रदान गर्दै आइरहेको कारोबार बन्द रहनेछ ।